काठमाडौं, चैत्र २२ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गर्ने निर्णय गरेको छ।
सरकारको निर्णय सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका हुन्। हालसम्म नेपालमा ९ जना कोरोना संक्रमितहरु रहेका छन्।
आजै मात्र कैलाली र कञ्चनपुरका गरि ३ जनामा कोरोना संक्रमण देखिएको थियो। भने बागलुङ्गको २ जनामा कोरोना संक्रमण देखिएको यस अघि नै पुष्टि भइसकेको छ। संक्रमित रहेको जिल्लामा जोखिम थप जटिल नहोस भन्नका लागि सरकारले त्यहाँ र्यापिड टेष्ट गर्ने निर्णय गरिएको जनाइएको छ।
त्यस्तै सरकारको निर्णय सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा खतिवडाले लकडाउनको बारेमा अन्य कुनैपनि निर्णय नभएको जनाएका बताएका छन्।