काठमाडौं, चैत्र २२ । भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टी भएको मन्त्रालयले जनाएकाे छ।
यससँगै देशबाहिरबाट नेपाल फर्किएका ८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ। शनिबारै नेपालमा पहिलाे पटक थप एकजना स्थानीय संक्रमित भेटिएका छन्। यसअघि संक्रमण भेटिएकाे कैलालीका युवाकाे भाउजूमा संक्रमण भेटिएकाे हाे। ती युवा केही समयअघि युएईबाट नेपाल आएका थिए। नेपालभित्रै एक व्यक्तिबाट अर्काे व्यक्तिमा संक्रमण सरेकाे पहिलाेपटक हाे। स्थानीय एकजनामा पनि काेराेनाकाे संक्रमण पुष्टी भएपछि नेपालमा पनि काेराेनाकाे संक्रमितकाे संख्या ९ पुगेकाे छ।
सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। ९ जनामध्य पहिलाे संक्रमित भने निकाे भएर घर फर्किसकेका छन्। बाँकी ८ जना उपचाररत छन्।
