चितवन, चैत २१ । हात्ती सफारी हुँदा ऊ आफै चर्थ्यो। घाँस काटेर पनि खुवाइन्थ्यो। लकडाउनमा सफारी मात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ। सामुदायिक वनहरुमा अहिले घाँस काट्न जान रोकिएको छ।
पर्यटकीय गतिविधि बन्द भएसँगै अहिले हात्ती पाल्न कठिन भएको हो। हात्ती पाल्ने व्यवसायीले मानिसको भन्दा हात्तीको बढी चिन्ता हुन थालेको जनाएका छन्। हाल सौराहामा ६० निजी हात्ती छन्।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई पहिले हात्ती सफारीमा जाँदा हरियो घाँस खाने गरेको भए पनि अहिले पराल र धानमा निर्भर हुनुपरेको बताउँछन्। उनले भने, ‘हात्तीका लागि सञ्चय गरेको खाद्यान्न सकिन लाग्यो कसरी बचाउने चिन्ता हुन थाल्यो।’
चितवन राष्ट्रिय निकुञ्जमा पालिएका एउटा हात्तीलाई दैनिक न्यूनतम् ३५० किलो घाँस, १० किलो धान र २५ ग्राम वीरेनुन दिने गरिएको छ। निजी हात्तीलाई त्यसकै तलमाथि दिने गरिन्छ। क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे हात्तीको आहाराको सन्तुलन नमिलेमा पछिसम्म समस्या पर्न सक्ने बताउँछन्।
एकातर्फ खाद्यान्नको अभाव हुँदै गएको छ भने अर्कोतर्फ हात्तीको स्वास्थ्यका लागि पनि हिँडाउनु, डुलाउनु र चराउँनु राम्रो हुने उनको भनाइ छ। निकुञ्जले घाँस काट्न र छेउछाउमा चराउने व्यवस्था मिलाइदिएमा हात्ती जोगाउन सकिने घिमिरेले बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती नीजि हात्तीलाई समस्या परेको बारेमा आफूलाई व्यवसायीहरुले जानकारी नगराएको बताउँछन्। अहिले घाँस नभएपछि निकुञ्जका हात्तीलाई पनि पराल किनेर खुवाएको उनले जानकारी दिए।
निकुञ्जमा ६४ वटा हात्ती रहेका छन्। ती हात्तीको रेखदेख गर्न १२३ जना कर्मचारी छन्। पानी परे पछि घाँस पलाउने भन्दै निकुञ्जमै घाँसको अभाव भएको रुपाखेतीको भनाइ छ। व्यवसायीहरुले निकुञ्जभित्र हात्ती सफारी गर्न दिनुपर्ने माग गर्दै आएको भए पनि अनुमति पाउन सकेका छैनन्।
निकुञ्जमा पालिएका एउटा हात्तीलाई दैनिक न्यूनतम ३ सय ५० किलो घाँस, १० किलो धान र २५ ग्राम बिरेनुन दिने गरिएको छ। नीजि हात्तीहरुलाई त्यसकै तलमाथि दिने गरिन्छ। एउटा हात्ती हेर्नका लागि तीन जना कर्मचारी आबश्यक पर्दछ।
उनीहरुको तलब भत्ता र पालन पोषण सामान्य भए पनि हात्ती पाल्न भने निकै कठिन भईरहेको भट्टराईले जानकारी दिए। समस्याको बिषयमा चितवन राष्ट्रिय निकुञ्जसँग औपचारीक रुपमा अनुरोध गर्ने तयारी भईरहेको उनको भनाई छ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे हात्तीको आहाराको सन्तुलन नमिलेमा पछि सम्म समस्या पर्न सक्ने बताउँछन्। एकातर्फ खाध्यान्नको अभाब हुँदै गएको छ भने अर्को तर्फ हात्तीको स्वास्थ्यका लागि पनि हिडाउनु, डुलाउनु र चराउँदा राम्रो हुने उनको भनाई छ। निकुञ्जले घाँस काट्न र छेउछाउमा चराउने व्यवस्था मिलाईदिएमा हात्ती जोगाउन सकिने घिमिरेले बताए।
हात्तीलाई हुने खाद्यान्न अभाव समाधानका लागि निकुञ्जले कुनै निश्चित क्षेत्रमा हात्ती चराउन दिनुपर्ने माग व्यवसायीले गरेका छन्। एउटा हात्तीको मूल्य रु ८० लाख हाराहारी पर्छ, जसले ६० वर्षसम्म सेवा दिन सक्छ तर त्यसका लागि पालनपोषणको राम्रो प्रबन्ध मिलाउनुपर्ने हुन्छ।
चितवन घुम्न आउने पर्यटकलाई घुमाउन नीजि हात्ती मात्र प्रयोग गरिन्छ। सो निकुञ्जलाई कर तिरेर सामुदायिक वनहरुमा हात्ती सफारी गराइँदै आएको छ। सौराहामा रहेका नीजि हात्तीहरु कुमरोज सामुदायिक वन, खोरसोर मध्यवर्ती क्षेत्र, चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनमा सफारीका लागि लैजाने गरिन्छ।
बि.सं. २०७५ असोज २९ गते निकुञ्जको नियमावली संशोधन गरी निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ। बाहिरका हात्तीभित्र जाँदा रोग सार्न सक्ने खतरा देखिएकाले रोकिएको भनाइ निकुञ्जको छ।
व्यवसायीहरुले नीजि हात्ती निकुञ्ज छिर्न पाउनुपर्ने माग गर्दै आएका छन्। हात्ती पाल्न कठिन हुने र पशु अधिकारकर्मीले हात्तीमाथि मान्छे चढाउन नहुने भन्दै विरोध गरेपछि व्यवसायीहरु नयाँ मनस्थितिका साथ अघि बढेका छन्। रासस





















