काठमाडौं, चैत्र २१ । काठमाडौं प्रेस नामक न्युज पोर्टलमा अनधिकृत प्रवेश गरी समाचार डिलिट गरिएको विषय स्वीकार गर्दै सिरानटेकले माफी मागेको छ। बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै गल्ती भएकाे भन्दै माफी मागेको हो।
उसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सम्पादक परियार र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच समाचारका विषयमा सम्वाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट उक्त समाचार हटाइएको छानबिनका क्रममा पाइयो।’
सिरानटेकले जारी गरेको विज्ञप्तिमा छाप र हस्ताक्षर नभएको पाइएको छ।


Facebook Comments