चितवन, चैत्र २० । जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो।
पास लिन प्रशासनमा दिनहुँ भिडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए। उहाँले सरकारको निर्णय अनुसार अनुमति पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउनसक्ने बताए।

Facebook Comments


























