धनगढी, चैत्र ११ । कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ।
सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो।
मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए। तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन।
नाकाबाट प्रवेश गर्न खोज्नेहरुलाई अहिले दशगजा क्षेत्र ९कञ्चनपुरको डोकेबजार०तर्फ धकेलिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको हो।
Facebook Comments