चितवन, चैत्र ६ । अहिले विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ। कोरोनाका कारण हालसम्म विश्वभर मृत्यु हुनेको सँख्या नौ हजार नाघेको छ। विश्वलाई नै त्रसित बनाएको कोरोनाका कारण सबै स्थानमा आवजजावतमा कमी आएको छ।
यसैक्रममा भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले एक सुचना जारी गरेको छ। सुचनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हाता भित्र २०७६ चैत ६ गतेदेखि लागु हुनेगरी सर्वसाधाराणलाई प्रवेश निषेध गरिएको छ।

सुचनामा भनिएको छ- कोरोनाको बिषयलाई लिएर सरकारले जारी गरेको सार्वजनिक सुचनालाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हाता भित्र २०७६ चैत ६ गतेदेखि लागु हुनेगरी सर्वसाधाराणलाई अर्को सुचना प्रकाशन नहुन्दासम्म प्रवेश निषेध गरिएको छ।
अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य धमाधम भईरहेको छ। भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा बाइस बिघा १६ कट्ठा जग्गामा निर्माण हुन लागेको यस रङ्गशाला नेपालकै सबैभन्दा उत्कृष्ट रङ्गशाला बन्ने अपेक्षा गरिएको छ।


























