काठमाडौं, चैत्र ३ । हवाइ इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैया र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ। यसैगरी आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसाले घटाइ प्रति लिटर ९० कायम गरिएको छ।
खाना पकाउने एलपी ग्यास र बाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएसँगै नेपाल आयल निगमले नेपालमा पनि इन्धनको मूल्य घटेको छ।

Facebook Comments

























