चैत्र २ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर कोरोनाको संक्रमण हुने मानिसको सख्या एक लाख ५२ हजार पुगेको बताएको छ।
महामारीका रूपमा फैलिएको कोरोना संक्रमित हुने मानिसको संख्या १ लाख ५२ हजार पुगेको बताएको हो। त्यस्तै कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ हजार ३ सय ९३ पुगेको (डब्लूएचओ) ले बताएको छ।
त्यस्तै विश्वका १४१ देशमा कोरोना संक्रमण देखिएको छ। चीनमा भने संक्रमण संख्या ८१ हजार ४८ पुगेको थियो। अहिले चीनमा संक्रमण हुने संख्यामा कमी आएको छ।
इटालीमा भने संक्रमण हुनेको संख्या भने २१ हजार १ सय ५७ पुगेको छ। इटालीमा पछिल्लो २४ घण्टमा मात्र तीन हजारमा नयाँ संक्रमण भेटिएको छ। एजेन्सी
Facebook Comments


























