काठमाडौं, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षको पद बहाली बिहीबार हुने भएको छ।
दिउँसो १ बजे औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीले पद बहाली गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।
अब राप्रपाको कार्यालय चावहिलस्थित चारुमति बिहानमा हुनेछ। एकता प्रक्रियाका सम्पूर्ण काम धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सम्पन्न गरेका राप्रपाका नेताहरुले अबको कार्यालय चारुमति बिहानमा सार्ने भएका छन्। यो तत्कालीन राप्रपा संयुक्तको कार्यालय हो।
बुधबार पार्टी एकता घोषणा गर्दै दुई राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म, साक्षेप हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र उल्लेख गरिएको आधारपत्र आदानप्रदान गरेका छन्।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











