काठमाडौं, फागुन २९। उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएर विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार पत्रकार सम्मेलन गरी यसलाई विश्वव्यापी महामारी भनेको छ। हाल कोरोना भाइरसले विश्वका १३० भन्दा धेरै देश प्रभावित भएपछि डब्ल्यूएचओले यसलाई विश्वव्यापी महामारी भनेर घोषण गरेको हो। उसले यो घोषण गरेसँगै विश्वर नै यसबाट बच्न सबै देशहरुलाई आवश्यक तयारी गर्न पनि भनेको छ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोभिड(१९ लाई विश्वव्यापी महामारीको घोषणा गरेका हुन्। उनले कोभिड १९ को महामारीलाई हलुका रुपमा नलिन विश्वका सबै मुलुकलाई आग्रह गरेका छन्। कुनै रोग धेरै देशमा एकैचोटी तीव्ररुपमा फैलिएपछि महामारीको चरणमा प्रवेश गरेको मानिन्छ। उनले सम्बन्धित देशका सरकारहरुलाई यो महामारी रोक्नका लागि जरुरी र आक्रामक कदम चाल्न आग्रह गरेका छन्।
बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट संक्रमित छन। कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











