चितवन, फागुन २६ । माडीमा गैंडाको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।
माडी नगरपालिका कृष्ण नगर निबासी बर्ष ३३ कि भोज कुमारी विश्वकर्मालाई आज बिहान करिब ६ बजेको समयमा गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएकी हुन्।
हराई रहेको भैँसिको खोजीमा निस्किएकी विश्वकर्मालाई घाघर खोलामा गैंडाले आक्रमण गरेको थियो। उनलाई उपचारका लागि भरतपुर ल्याईएको छ।
Facebook Comments


























