काठमाडौं, फागुन २१ । अर्थमन्त्री डा.युवराज खतिवडा पद तथा गोपनीयताको सपथ लिएका छन्। बुधवार डा.खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथग्रहरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो।
राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले हिजो पदबाट राजीनामा दिएका थिए।
उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले डा.खतिवडालाई पुन अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन्।
Facebook Comments


























