काठमाडौं, फागुन २१ । संसारका लगभग ६० देशमा देखिइसकेको कोरोनाभाइरस नेपालमा पनि फैलिन सक्ने सम्भावना रहेकाले यसमा सचेत हुन जरूरी छ।
कोरोनाको संक्रमण फैलिन नदिनका लागि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा यहाँ उल्लेख गरिन्छ?
के गर्ने ?
आफ्नो व्यक्तिगत स्वच्छतामा ध्यान दिनुस्।
साबुनले लगातार हात धुनुस्।
हाच्छ्युँ गर्दा र खोक्दा मुख अवश्य छोप्नुस्।
हात फोहर देखिएमा साबुन र पानीले अवश्य धुनुस्।
हात फोहर नभएपनि हातलाई ह्यान्डवाशले अवश्य धुनुस्।
प्रयोग गरेपछि टिस्युलाई तुरुन्तै बन्द भाँडोमा फ्याँक्नुस्।
अस्वस्थ भएमा विशेषगरी रुघाखोकी र ज्वरो आएमा चिकित्सकलाई तत्कालै भेट्नुस्।
मानिसहरूसँग दूरी बनाउनुस्।
आँखा, नाक र मुख नछुनुस्।
के नगर्ने ?
खोकी वा ज्वरो छ भने कसैसँग पनि सम्पर्क नगर्नुस्।
सार्वजनिक स्थानमा नथुक्नुस्।
काँचो र आधा पाकेको मासु नखानुस्। जीवित पशुको नजिक नजानुस्।
खेततिर नजानुस्, पशु बिक्री हुने ठाउँ र वधशालातिर नजानुस्।
























