चितवन, फागुन १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र विवाद र वहस हुनु सामान्य भएको बताएका छन्।
भरतपुरमा आज बाट सुरु हुन लागेको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीको उद्धघाटन गर्न चितवन आईपुगेका दाहालले पत्रकारहरुसंग कुरा गर्दै पार्टी भित्र हुने यस्ता गतिविधिलाई सामान्य रुपमा लिनुपर्ने बताए। अहिले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयको निर्णय विपरीत प्रधानमन्त्री रहेको भन्ने कुरा गलत रहेको भन्दै उनले पार्टी निर्णय कुनैपनि हालतमा कार्यान्वयन हुने बताए।

उनले भने यस विषयलाई लिएर टिकाटिपणी आवश्यक छैन। ‘पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगर्ने भन्ने कुरा म कल्पना पनि गर्न सक्दीन’। २१ गते सम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई लाई राष्ट्रिय सभामा पठाउन सिफारीस गर्नुहुन्छ। किन भने यो सर्वसम्मत निर्णय भएको कुरा हो।

























