चितवन फागुन १२ । विगत ६ दिनदेखि अनसनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वास्थ्य अवस्था बिग्रनथालेपछि नेपाली काँग्रेस माडी नगर समितिले आज माडी बन्दको घोषणा गरेको छ ।
अनशन थालेको एक साता पुग्न लाग्दासमेत राज्यपक्षबाट कुनै सुनुवाई नभएको भन्दै नगर समितिले माडी बन्दको घोषणा गरेको हो।
काँग्रेसले माडीका शैक्षिक संस्थाहरुबाहेक यातायात र बजार बन्दको घोषणा गरेको काँग्रेसका नगर सभापति कोमलनाथ भुसालले जानकारी दिए। यसैबीच पौडेलको स्वास्थ्य अवस्था गम्भीर भएसंगै उनलाई आकस्मिक रुपमा भरतपुर लगिएको छ।
आज बिहान ५ बजेबाट शरीरमा झड्का उठ्न सुरु भएकाले पौडेललाई एम्बुलेन्समा राखी भरतपुर अस्पताल लगिएको हो।
यसैबिच, पौडेलको अनसनप्रति ऐक्यबद्धता जनाउँदै माडीका सबै शिक्षण संस्थाहरुले आज पठन पाठन गरेका छैनन्। माडीका बजार तथा पसलहरु बन्द रहेका छन्।


























