काठमाडौं, फागुन ११ । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका छन्। तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि राष्ट्रपति कार्यालयले सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई तोकेको थियो।
मन्त्री खतिवडाले आइतवार सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हुन्। मन्त्री खतिवडालाई कर्मचारीहरुले फूल मालाले स्वागत गरेका थिए।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा विदेशी कम्पनीको नेपालस्थित एक एजेण्टसँग ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीवार राजीनामा गरेका थिए।
Facebook Comments


























