सिड्नी, फागुन ८ । अस्ट्रेलियामा भएका नेपालीहरुले रंगहरुको पर्व होली मनाउने भब्य तयारी सुरु गरेका छन्।
आगामी मार्च ६ मा मराना अडिटोरियम हर्सभिलमा हुने उक्त कार्यक्रम एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले आयोजना गरेको हो।
उक्त कार्यक्रममा नेपालबाट नेपाली पप् गायिका प्रश्ना शाक्य, लोक गायक रविराज शाह र भोजपुरी गाएक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको संस्थाका महासचिब नितिश गुप्ताले बताए।
करिब ७ सय नेपाली सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा सभ्य भएर सबैले सबैलाई रंग लगाउने, होली गीतहरुमा रमाउने र होलीका अवसरमा नेपालमा बनाइने परम्परागत खानाहरु पनि राखिने बताइएको छ।
कार्यक्रमको लागि टिकट दर १५ अस्ट्रेलियन डलर राखिएको छ।
नेपालको तराई भूभागको संस्कृति बचाउन हरेक वर्ष छठ, होली, इद जस्ता पर्वहरु मनाउने गरेको अध्यक्ष प्रविन चौरसियाले बताए।
Facebook Comments



















