काठमाडौं, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।
भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ। ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको बालुवाटार स्रोतले बतायो।
बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन्। उनी बिहीबार बिहान काठमाडौं फर्किँदैछन्।
Facebook Comments


























