काठमाडौँ, फागुन ८ । निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो।
कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेको कार्यालयले जनाएको छ। कार्यालयले पप्पुलाई तीन वर्षसम्म र अन्यलाई भने एक वर्षसम्म कालोसूचीमा राखेको छ।
कालोसूचीमा पर्नेमा पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनसहितको अशोक न्यासुरको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा।लि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबबीकेसी निर्माण सेवा रहेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ।
Facebook Comments

























