काठमाडौं, फागुन ६ । राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त पूर्वाधारका आयोजनामा पूँजीगत खर्च कम हुने समस्या काठमाडौं–तराईलाई जोड्ने ‘काठमाडौं–तराई द्रुतमार्ग आयोजना’मा पनि देखिएको छ।
वार्षिक रूपमा उक्त आयोजनाका लागि सरकारले बजेट वृद्धि गर्दै आएको भए पनि खर्च भने सोहीअनुसार हुन सकेको छैन।
नेपाली सेनाको व्यवस्थापनमा शुरू भएको ७२ दशमलव ५ किलोमीटर (किमी) उक्त दु्रतमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा रू १५ अर्ब बजेट सरकारले विनियोजन गरेको छ।
तर, चालू आवको ५ महीना बितिसक्दा पनि आयोजनामा रू ५३ करोड मात्रै खर्च भएको नेपाली सेनाले जानकारी दिएको छ। आर्थिक अभियान दैनिकबाट
Facebook Comments


























