चितवन, फागुन ५ । माडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। माडी नगरपालिका ३ बघौडाबाट बिवाह सकेर भरतपुर जाने क्रममा जन्ती बोकेको ना ५ ख ८०४७ नम्बरको बस अपरान्ह् साँढे ४ बजे अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बघौडा ३ की ३६ वर्षीया सञ्जु महतो गम्भीर घाइते भएकी छन्। उनको ढाडमा गम्भीर चोट लागेको छ। यस्तै, माडी चिरौलीकी १७ वर्षीया सुशीला महतो सामान्य घाइते भएकी छन्। उनीहरुको बघौडा अस्पतालमा उपचार भइरहेको छ। अन्य सामान्य घाइतेहरुको माडीस्थित सामुदायिक अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय माडीले जानकारी दिएकोछ।
बसका चालक भरतपुरमहानरपािलका २८, गोलाघाट निवासी ३६ वर्षीय चालक गजेन्द्र कुमाल फरार छन्। बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Facebook Comments


























