सुनसरी, माघ २५ । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर पुनः विवादमा तानिएका छन। मेयर द्वारिकलाल चौधरीले ४५ लाख रुपैयाँ मागेको इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईंले दावी गरेसँगै चौधरी पुनः विवादमा तानिएका हुन।
चौधरीले चुनावको ऋण र छोराको विवाहको ऋण तिर्न ४५ लाख रुपैँया मागेको चौलागाईंले खुलासा गरेका हुन्। शुक्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएसँगै चौलागाईँले फेसबुक स्टाटसमार्फत ४५ लाख रुपैयाँ मागेको खुलासा गरेका हुन।
उनले फेसबुक स्टाटसमार्फत यस्तो दावी गरेका हुन। मेयर चौधरी र चौलागाईंबीच तत्कालीन नेकपा एमाले हुँदाताकादेखि नै जिल्ला कमिटीदेखि नै बिवाद हुँदै आएको छ।

पत्रकारको नाकको डाडी भाँचिदिने अभिव्यक्तिका कारण यसअघि मेयर चौधरी विवादमा आएका थिए।
Facebook Comments


























