काठमाडाैँ, माघ २१ । प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल सरुवा भएपछि रिक्त रहेकाे चितवनकाे प्रहरी प्रमुखमा एसपी नान्तिराज गुरुङ आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखको रुपमा गुरुङलाई जिम्मेवारी दिइएको हाे। यसअघि चितवनमा सरुवा भएकी एसपी गंगा पन्तलाई भने पर्सा जिल्ला प्रहरी प्रमुखकाे रुपमा पठाइएकाे छ।
एपसी पन्त यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘रिप’ लेखेर विवादमा आएकी थिइन्। पुस ४ गतेको सरुवाअनुसार ढिलोगरी चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल विमानस्थल सुरक्षामा खटिएका छन्।
एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गराइए पनि समयमै नजाँदा विगत एक महिनादेखि चितवन जिल्ला प्रहरी प्रमुखविहीन छ। एसपी पन्पतलाई पर्सा खटाइएपछि पर्सा जिल्लाका एसपी सोमेन्द्रसिंह राठौरलाई भने काठमाडौं प्रहरी परिसरमा ल्याइएको छ।


























