काठमाण्डौं, माघ १९ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम पार्टीका उपाध्यक्ष बनेका छन्। बुधवारबाट राजधानीमा जारी केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन्।
गत असोजको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेको थियो। स्थायी समितिबाट उक्त प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा लगेर गौतमलाई उपाध्यक्ष बनाइएको हो।
Facebook Comments


























