चितवन, माघ १८ । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ। राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो। शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गरेको छ। रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए। बालुवा पुर्याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन आएको छ।
Facebook Comments


























