काठमाण्डौं, माघ १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा प्रदेश कमिटी अध्यक्षहरुले रिपोर्टिङ राख्ने क्रम सुरु भएको छ। ३ दिनदेखि राजधानीमा जारी बैठकमा आज सातै प्रदेश कमिटीका अध्यक्षहरुले रिपोर्टिङ राख्ने जनाइएको छ।
शुक्रबार प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले रिपोर्टिङ राखेका छन्। अन्य अध्यक्षले रिपोर्टिङ राख्ने क्रम जारी छ।
Facebook Comments


























