काठमाण्डौं, माघ १३ । प्रतिनिधि सभाको नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति निवास शितल निवासमा सोमबार बिहान आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुख निर्वाचित भएको घोषणा गरेको थियो।
Facebook Comments