कास्की, माघ १० । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीका अनुसार बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
पोखराको गैह्रापाटनबाट गुरुङ पक्राउ परेका हुन्। ‘गुरुङविरुद्ध अरु पनि ठगीका उजुरीहरु छन्’, डीएसपी केसीले भने। उनले उजुरीकर्ताको नाम भने खुलाउन नमिल्ने बताए। मिलनले दीपक मनाङ्गे विरुद्ध सार्वजनिक मञ्चमै आफूलाई झापड हानेको उजुरी गरेका थिए।
उनको उजरीका आधारमा मनाङ्गेलाई प्रहरीले बिहीबार पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
Facebook Comments


























