पोखरा, माघ ४ । सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ।
उनीहरुको उद्धारका लागि चार वटा हेलिकप्टर प्रयोग गरिएको थियो। ती दुई हिमालको आधार शिविर पुग्ने बाटो देउराली भन्ने स्थानमा हिम पहिरो जाँदा पर्यटक र गाइड फसेका थिए।
पर्यटन विभागकी निर्देशक निरा आचार्यले वर्षा र हिमपातमा फसेकाहरुको उद्धार गरिएको जानकारी दिइन्। तर हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्कमा आउन नसकेको उनको भनाइ छ।
सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडहरुमा सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा रहेका छन्। कोरियाली पर्यटकहरुको नाम आइनसकेको आचार्यले बताइन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि सम्पर्कमा आउन सकेका छैनन्।


























