धादिङ, माघ ३ । धादिङमा दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फालेका छन्। बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट हामफालेका चारजना मध्ये श्रीमतीको शव फेला परेको छ।
दुई बच्चा बेपत्ता भएका छन् भने श्रीमानको उद्धार गरिएको छ। चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका प्रहरीले जनाएको छ।
जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments