माघ०१। नेपाली समाजमा माघेसङ्क्रान्तिको दिन सखरखण्ड खाने चलन छ। सखरखण्ड स्वास्थ्यका लागि निकै लाभदायक कन्दमूल हो। कन्दमूलले हाम्रो शरीरलाई न्यानो बनाइराख्न सघाउँछ ।पोषक तत्त्वले भरिपूर्ण सखरखण्डको सेवनले धेरै फाइदा मिल्छ। प्रस्तुत छ सखरखण्ड खानुका फाइदाहरु ः
- यसमा डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुन्छ, जसले रगतलाई बढाउँछ। यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ। यसैले यो मधुमेहको बिरामीका लागि निकै राम्रो मानिन्छ।
- यसमा भिटामिन ए पनि पाइने हुनाले यसको सेबनले आँखा तेजिलो बनाउछ।
- यसमा एन्टीअक्साइडेट तत्व पाइने हुनाले क्यान्सरको खतरा कम गर्छ । यसले शरिरमा कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ।
- सखरखण्डमा भिटामिन डी पाइने हुनाले यसको सेबनले हाड, दाँत, नशा, छालालाई स्वस्थ राख्न सहयोग गर्छ।
- यसले छालामा चाउरीपन आउन नदिई छालामा चमक पनि ल्याउछ।
Facebook Comments













![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










