मकवानपुर, पुस २७ । प्रदेश ३ को राजधानी धुलिखेल बनाउने पक्षमा जम्मा ३ मत खसेका छ। प्रदेशको राजधानी काभ्रेको धुलिखेल बनाउन पेश भएकोे प्रस्तावमा जम्मा ३ मत परेको हो।
विपक्षमा १०१ मत परको। प्रदेशसभाका ११० जनास सदस्यमध्ये मतदानमा १०४ जना उपस्थित भएका छन्। आइतबार बिहानैदेखि प्रदेशको राजधानी र नाम टुंगो लगाउन प्रदेशसभाको बैठक बसिरहेको छ।
अहिले हेटौडालाई राजधानी बनाउने मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमाथि मतदान भइरहेको छ।
Facebook Comments