चितवन, पुस २० । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आज बिहान मृतावस्थामा भेटिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी छ वर्षको पोथी गैँडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको हो।
अन्नबाली खान आएको गैँडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए।
निकुञ्जले चालु आर्थिक वर्षमा छ गैंँडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ । रासस
Facebook Comments