बुटवल, पुस १८ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा पार्टीको जित शून्यमा झर्ने बताएकी छिन्। नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीभित्र भइरहेको विवादले पार्टीको लोकप्रियता गुम्दै गएको बताइन्।
उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर बनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले पार्टीमा भइरहेको विवादका कारण आफू निष्क्रिय हुँदै गएको बताइन्।
उनले निर्मला हत्याकाण्डमा सरकारको लापरबाही देखिएको भन्दै यो विषयमा आवाज उठाएर दोषीलाई कारबाही गराउन दबाब दिनुपर्ने बताइन्।
Facebook Comments