कैलाली, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन्। पत्रकार महासंघ कैलाली शाखाको बिहीबार भवन उद्घाटन गर्दै उनले आफू चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको नभई मर्यादित प्रेस र प्रेस स्वतन्त्रताका लागि काम गरिरहेको बताए।
सञ्चारमन्त्री बाँस्कोटाले कुण्ठित मानसिकता भएकाहरुले मात्र आफूलाई प्रेस स्वतन्त्रता विरोधीका रूपमा चित्रण गरेको उनको तर्क थियो। उनले सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै यसले सञ्चार माध्यमलाईनै फाइदा पुग्ने दाबी गरे।
Facebook Comments