बाजुरा, पुस १७ । बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ।
से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुर्घटनामा एक यात्रु वेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्।