काठमाडौं, पुस १७ । संघीय संसद्को राष्ट्रिय सभामा कालापानी, लिम्पियाधुरा र लिपुलेका विषयमा संकल्प प्रस्ताव पेश भएको छ। सत्तारुढ दल नेकपा सांसद खिमलाल भट्टराई प्रस्तावना तथा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसकी सांसद सरिता प्रसाईको समर्थनमा संकल्प प्रस्ताव पेश भएको हो।
भट्टराई सत्तारुढ नेकपाका मुख्य सचेतक हुन् भने प्रसाई कांग्रेसकी प्रमुख सचेतक हुन्। सीमा विवादका सम्बन्धमा राष्ट्रिय सभामा पेश भएको संकल्प प्रस्तावमाथि छलफल गरेर सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची राखिएको छ।
संघीय संसद सचिवालयका अनुसार प्रस्तावमाथिको छलफल सकिए पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिनेछन्।