काठमाडौं, २८ असोज। काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीनदिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी तीनदिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ। – रासस
Facebook Comments