काठमाडौं, २५ असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ। राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका लागि आज (शनिबार) दिउँसो विशेष विमानबाट काठमाडौं आइपुग्दैछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन्।
विमानस्थलबाट होटल सोल्टी जानेछन्। त्यसपछि शीतल निवासमा भेटवार्ता हुनेछ। काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्णरुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ।
राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।
Facebook Comments


























