हेटौँडा, १७ असोज। हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक शुक्रबार बिहानै भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेल ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौँडा १ बस्ने वर्ष ३५ की सीता न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन्। हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन्। ठक्करबाट दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Facebook Comments