काठमाण्डौँ, ०२ असोज। बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ २८ पैसा तोकेको छ। बुधबार खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको थियो।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा पुुगेको छ। बुधबार खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको थियो। बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ। हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो।
आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३६ पैसा रहेको छ। हिजो खरिददर २९८ रुपैयाँ २७ पैसा रहेको थियो। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा छ। हिजो खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो।
रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा बिक्रीदर २७ रुपैयाँ ३१ पैसा पुगेको छ। हिजो खरिददर २७ रुपैयाँ ३९ पैसा बिक्रीदर २७ रुपैयाँ ५३ पैसा रहेको थियो। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा पुगेको छ। हिजो खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको थियो।
दिनार १ को खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७८ पैसा पुगेको छ। हिजो खरिददर ३७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६२ पैसा रहेको थियो। यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ १२ पैसा पुगेको छ। हिजो खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा रहेको थियो।