काठमाडौँ, १२ भदौ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पूर्वसांसद श्यामसुन्दर गुप्तालगायत ५ जना विरुद्ध उच्च अदालत पाटनले १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।
न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो।
यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलो अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो। त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो।
गुप्ता २०६८ माघमाव्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार र फिरौतीबापत ८५ लाख रुपैयाँ लिने अभियुक्त हुन्। सातवर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामा नै जेलमुक्त भए।
उनको बाँकी ३ वर्ष ६ महिना कैद सजाय मिनाह भएको हो। पूर्वसांसद गुप्ता तत्कालीन सद्भावना पार्टीका नेता थिए।