काठमाडौँ, ०६ भदौ। आज भगवान श्रीकृष्णको जन्मजयन्ती। हिन्दू संस्कार मनाउने मुलुकहरूमा श्रीकृष्णको श्रद्धाभावपूर्वक पूजाआजा गरी विशेष दिवसको रूपमा मनाइँदै छ। श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतारको रूपमा समेत लिने गरिन्छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताको रूपमा लिने भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्गअनुसार भाद्र कृष्णअष्टमीको मध्यरातमा भएको मान्यताअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
आज देशभरका कृष्ण मन्दिरहररूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहररू ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ। कुरुक्षेत्रमा कौरवहररूसँगको लडाइँमा संलग्न पाण्डवहररूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं कृष्णको मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।
जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ। भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताएकी छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘श्रीकृष्णजन्माष्टमी जस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पु¥याएको छ।’
नेपालको सांस्कृतिक सम्पदा, प्रचलन र मान्यता राष्ट्रिय जीवनका अमूल्य निधि भएको उनको भनाइ छ। मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवर्दन गर्नु सबैको साझा दायित्व भएको समेत बताएकी छन्।


























