काठमाडौँ, ०५ भदौ। नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। बिहान पशुपतिनाथको दर्शन गरेका जयशंकरले १० बजेपछि राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।
बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर बैठकमा सहभागी भएका उनी राष्ट्रपतिसँगको भेटबार्तापछि पुनः बैठकमा सहभागी हुनेछन्। बिहीबार बैठक सकिए लगत्तै भारत फर्किने कार्यक्रम छ।
Facebook Comments