तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुषाल, स्याङ्जामा पद्मा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी गरी जम्मा आठ जिल्ला अनि भरतपुर महानगरमा रेणु दाहाल र ललितपुर महानगरमा सुशीला नेपालले इन्चार्जको जिम्मेवारी पाएका छन्।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै मात्र ६ महानगर सहित ८३ स्थानमा जिल्ला इन्चार्ज बनाउँदा महिला नेतृत्च दश जनालाई मात्र दिएको छ।
पार्टीले आइतबार सार्वजनिक गरेको जिल्ला तथा महानगरका इञ्चार्जहरूको सूचीअनुसार १२ प्रतिशत महिला नेतृत्च छनौट गरेको देखिन्छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले समावेशी र समानुपातिक सिद्धान्तको आधारमा प्रतिनिधित्व गराउने भनी व्यवस्था गरेको भए पनि नेकपाले सो व्यवस्थाको वेवास्ता गरेको छ। यसअघी बनाइएका कमिटीहरूमा पनि नेकपाले यस्तै बेवास्ता गरेको थियो।
जिल्ला सह-इञ्चार्जमा भने केही बढी महिला सहभागीता देखिएको छ।
नेकपाको सार्वजनिक गरेको सूचीमा देखिए अनुसार ४१ जना महिला सह-इञ्चार्ज बनाइएका छन्।
इन्चार्ज बन्नेमा मन्त्री पनि!
नेकपाले आइतबार छनौट गरेको जिल्ला इन्चार्जहरूमा दुइजना बहालवाला मन्त्री पनि परेका छन्। सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले काभ्रे जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन् भने भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल स्याङ्जा जिल्लाको इन्चार्ज बनेकी छन्।