काठमाडौँ, १४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन जेठ १६ गते दिल्ली जाने भएका छन्। सोमबार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो।
मोदीको सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्ता गरेपछि जेठ १७ गते नै स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ। यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो। त्यसबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए।
Facebook Comments