चितवन । माडीमा इनार सफा गर्ने क्रममा दुई युवाको मृत्यु भएको छ। शनिबार साँझ करिब साढे ४ बजेको समयमा माडी नगरपालिका–७ देवेन्दपुरस्थित रीता रेग्मीको घरको इनार सफा गर्ने क्रममा माडी–८ का २५ वर्षीया सूर्य गुरूङ र ३० वर्षीया शिव राईको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। इनारभित्र खसेपछि अक्सिजनको कमीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
गुरूङको उद्धार गर्न कम्मरमा डोरी बाँधेर इनारभित्र पसेका राईको पनि डोरी चुडेर तल खसेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। केही दिनअघि भरतपुर महानगरपालिका वडा नम्बर १९ तमूटोलस्थित रामप्यारी गुरुङको घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर ट्याङ्कीमा खस्दा दुई जना युवाको मृत्यु भएको थियो।
Facebook Comments


























