काठमाडौं । देशकै ध्यान खिचिरहेका बालेन्द्र शाह (बालेन)ले २५ हजार मत ल्याइसकेका छन्। ६७ हजार २६१ मत गणना भइसक्दा बालेनले २५ हजार ४२७ मत पाएर अग्रता कायमै राखेका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नेता केशव स्थापितले भने हालम्ममा जम्मा १३ हजार ४९९ मत पाएका छन् भने अर्की प्रतिष्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले जम्मा १२ हजार ८४२ मत पाएकी छन्।
यो तथ्यांक हेर्दा एमालेका स्थापितको भन्दा बालेनको मत ११ हजार ९२८ बढी आएको छ भने कांग्रेसकी सिंहको भन्दा १२ हजार ५८५ मत बढी पाएका छन्। स्थापित र सिंहको मत जोड्दा २६ हजार ३४१ हुन आउँछ। बालेनले आफ्नो लोकप्रियता कमाइरहेका छन्। उनले शुरुवातदेखि नै अग्रतालाई एकोहोरो अगाडि बढाइरहेका छन्।
Facebook Comments


























