चितवन । नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनालका कान्छा भाइ भरतपुर-१० को वडा अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि नेकपा एमालेको तर्फबाट अरुणपीडित भण्डारीले जितेको वडामा यसपटक पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवा नेता खनालले जित हात पारेका हुन्। यसअघिका वडाअध्यक्ष भण्डारी नेकपा एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीमा गएका छन्। अध्यक्षमा निर्वाचित भएपछि खनालले जनताको चाहनाअनुसारको काम गरेर नमुना वडा बनाएर देखाउने प्रतिवद्धता जनाएका छ्न्।
Facebook Comments


























